अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल असोज ११ गते। सोमबार। इश्वी सन् २०१५ सेप्टेम्बर २८ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– पूर्णिमा, ८:५३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– उत्तरभाद्रपदा, २०:०२ बजेउप्रान्त रेवती। तपाईको अाजको राशिफल हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको राम्रै मूल्यांकन हुनुका साथै प्रशस्त लाभ पनि मिल्नेछ। पढाइमा प्रगति र नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्तै फाइदा हुने देखिन्छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अवसरका लागि अलि जोखिम उठाउनुपर्ने समय छ। कामको सन्दर्भमा खराब नियतका व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि केही समस्या देखिएपछि मात्र फाइदा हुनेछ। अरूको विश्वास जिते पनि नजिककाले धोका दिन सक्छन्। मानहानि गर्नेहरू सक्रिय रहनेछन्। प्रलोभन देखाएर फसाउनेहरू सक्रिय हुनेछन्, सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। व्यक्तित्वमा आकर्षण थपिनाले सजिलै अरूको मन जित्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढ्ने काम सुरु होला। अतिथिका रूपमा सम्मान पाइनुका साथै मनग्य धनलाभ समेत हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। आक्षेप लगाउनेहरूले गल्तीबिनै अप्ठ्यारामा पार्ने चेष्टा गर्नेछन्। सरकारी कडिकडाउको सिकार भइनेछ। प्रतिद्वन्द्वीहरूले पनि अनावश्यक दुःख दिन सक्छन्। ठगीमा परिने समय भएकाले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। फाइदाका लागि आफ्ना योजनाहरू गोप्य राख्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। गुरुजनको विशेष सहयोग जुट्नेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। विाभिन्न भौतिक साधन जुटाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिस्थितिलाई स्वीकार गर्न नसक्ता अलि दुःख पाइनेछ। आफन्तसँग मतभेद रहनाले उनीहरूको व्यवहार शंकाष्पद देखिनेछ। अन्यत्र बदनाम भएका व्यक्तिहरू आफ्ना लागि भने सहयोगी बन्न सक्छन्। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ। पुराना मालमत्ता र जमिनबाट लाभ उठाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोस्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पारिवारिक जमघटमा मन रमाउनेछ। मन मिल्ने व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। मेहनतले आत्म–विश्वास बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। उपहारका लागि धन खर्चनुपर्ला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

प्रकाशित मिति: १० आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्