यसरी ११ दिनपछि डा. केसीले ताेडे अनसन


 


काठमाडौं, असोज १२

नेपालको चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखी अनसनमा बसेका वित्रि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले मंगलबार ११ औं दिनमा अनसन तोडेका छन् ।

आफ्नो मागभन्दा देशलाई परेको अहिलेको समस्या ठूलो भएको भन्दै आफ्ना शुभेच्छुक चिकित्सक तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले अनुरोध गरेको र आफूले पनि देशको समस्या समाधानलाई नै प्राथमिकता दिनु पर्ने महशुस गरेर अनसन तोडेको डा. केसीले बताएका छन्।

अाफ्ना मागहरु कायम नै रहेकाे र अान्दाेलन कायमै रहेकाे भन्दै तत्कालका लागि अनसन मात्र ताेडेकाे उनले बताएका छन्। साथै संविधानका देखिएका विवाद र भारतले नेपाल माथि गरेकाे हस्तक्षेपविरुद्ध सबै नेपाली एक भएर लाग्नु पर्ने उनले बताए।

प्रकाशित मिति: १२ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्