अाज ४.६ म्याग्निच्यूडको भूकम्प गयो


 


काठमाडौं, असोज १२

दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प १२ असोज दिउँसो ३:१२ बजे दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो ।

“गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प गएको हो, हिमालय क्षेत्रमा यस्ता सानातिना भूकम्प गइरहन्छन्”, अधिकारीले भने । केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूड माथि हालसम्म ३९७ वटा परकम्प गएका छन् । रासस

प्रकाशित मिति: १२ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्