सुरक्षा कारबाहीमा २० जना जियादीको मृत्यु



एजेन्सी, भदौँ १४

इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दाबी गरेको छ । सेनाको पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको पछिल्लो सुरक्षा कारबाहीमा २० जना जियादीको मृत्यु भएको हो ।

जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा अवरोध गरेकाले सेनाले केही दिनदेखि सुरक्षा कारबाही बढाएको सैन्य अधिकारीले जनाएका छन् । यस वर्ष चलाइएको सुरक्षा कारबाहीमा परी अहिलेसम्म झन्डै ३०० शंकास्पद जियादी र त्यस क्रममा करिब ३५ जना सुरक्षाकर्मी मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News