अल्ट्राम्याराथन च्याम्पियन मिरा नाका खुलाउन तातोपानी पुगिन


 


mira rai tatopaniभोजपुर, असोज १४

अल्ट्राम्याराथन च्याम्पियन मिरा राई तातोपानी नाका खुलाउन श्रमदान गर्न गएकी छिन् । विहिबार तातोपानी नाका पुगेकी मिराले सडक मर्मतमा श्रमदान गर्नेछिन् ।

भारतीय अघोषित नाकाबन्दीले नेपालीको जनजीवन कष्टकर बन्दैं गएपछि भूकम्पपछि बन्द चिनियाँ नाका तातोपानी खुलाउन पहल थालिएको छ । मिरा विहिबार अनेरास्वावियु क्रान्तिकारीको टोलीसँगै तातोपानी पुगेकी हुन् । टोलीसँगै मिराले पनि श्रमदान गर्ने छिन् ।

बाह्रबीसेदेखि तातोपानी, लिपिङसम्मको २६ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडक खुलिसकेको छ । बाँकी १० किलोमिटर सडकलाई मात्र पहिराले अवरोध गरेको छ ।

तातोपानी क्षेत्रको सडकमा नयाँ पुलको आइतबारे, झ्यालेको भीर, डाक्लाङको तीनकिलो, झिर्पुको ८ र १० किलो, खोराङकुना, घण्टेकुला, लिपिङ बजार लगायतका कतिपय ठाउँमा चाँही नयाँ ट्याक खोल्नुपर्ने भएपनि केही ठाउँमा सडकमा भएका ढुंगा हटाएमात्रै पनि अवरोध खुल्नेछ ।

प्रकाशित मिति: १४ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्