रुद्राक्षबाट एकै परिवारले कमायो १ करोड !


 


danaभोजपुर, असोज १५

भोजपुरको अधिकांश गाउँ तथा बजारमा रुद्राक्षको नयाँ कारोबार सुरु भएसँगै किसानको आम्दानी बढ्दै आएको छ। स्थानीयका अनुसार अघिल्लो वर्षको तुलनामा रुद्राक्षको मूल्यमा गिरावट आएपनि एकै परिवारले एक वर्षमा एक करोडसम्म बिक्री गर्ने गरेका छन् भने अधिकांश व्यापारीले त किसानको बगैँचा नै ठेक्का लिने गरेका छन्।

केही वर्ष अघिसम्म भारतका व्यापारीले ठुलामुख भएका रुद्राक्षको माग गर्ने गरेका थिए तर तीन वर्षयतादेखि चिनियाँ व्यापारीले चार, पाँच र छ मुखे रुद्राक्षको समेत माग गर्न थालेपछि आम्दानी लिनथालेको उनीहरुको भनाइ छ । बारीमा खेर जाने रुद्राक्ष बिक्री गरेर घर खर्च टार्नुका साथै बचतसमेत गर्ने गरेको कुलुङ्ग गाविस–४ का किसान अकलबहादुर राईले बताए।

नयाँ रुद्राक्ष निस्किएपछि जिल्लामा यो सातादेखी कारोबार सुरु भएको व्यापारी काजी तामाङ्गले बताए। दिङ्गलामा बालगुरु षडान्नदले भारतबाट वृक्ष ल्याई रोपेपछि यस क्षेत्रमा रुद्राक्ष फैलिएको भोजपुरका अग्रजको भनाइ छ। पछिल्लो समय रुद्राक्ष आम्दानीको ठुलो श्रोतसमेत बन्न पुगेको छ । रासस

प्रकाशित मिति: १५ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्