खुल्यो तातोपानी नाकाको ‘ट्रयाक’


 


काठमाडौं, असोज १५

भूकम्पका कारण पाँच महिनादेखि बन्द तातोपानी नाका जोड्ने सडक अन्तरगतको पहिरो हटाइएको छ । लिपिङको पहिरो हटाइएपछि अरनिको राजमार्ग नेपाल–चीन सीमाको मितेरी पुलसँग जोडिएको छ ।tatopani naka
सडक डिभिजन कार्यालय चरिकोटका अनुसार आज साँझ ‘ट्रयाक’ खुलेको हो । इन्जिनियर रामबहादुर गुरुङले भने, ‘ट्रयाक खुलेको छ तर सवारीसाधनको निर्वाध र पूर्ण आवागमनका लागि १–२ दिन अझै लाग्छ ।’

वैशाख १२ को शक्तिशाली भूकम्प र लगातार अनुकम्पन एवं बर्खाको बाढीपहिरोले पाँच महिनादेखि यस नाका बन्द छ । भारतको ‘अघोषित नाकाबन्दी’ ले आपूर्ति प्रभावित भएपछि सरकारको ध्यान उत्तरी नाका खुलाउन केन्द्रित छ । त्यसअघि सरकारले उत्तरका नाका खुलाउन खासै चासो दिएको थिएन।

प्रकाशित मिति: १५ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्