सुनको मूल्य बढ्यो, चाँदीमा घट्यो, कसमा कति ?



काठमाडौं, भदौ २२
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सातसय १० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News