‘अघोषित’ नाकाबन्दी खोल्न निर्देशन


 


नयाँ दिल्ली,  असोज १६

नेपालमा संविधान जारी भएलगत्तै राजनीतिक कारणमा जोडिएर भारतले नेपाललाई सुरु गरेको ‘अघोषित नाकाबन्दी’ शनिबारदेखि खोल्नका लागि विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देश गरेको छ ।  विदेश मन्त्रालय स्रोतका अनुसार नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका छ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन शनिबार निर्देश गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट दिल्ली फिरेपछि सुरु भएको परामर्श तथा नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको संसोधनको सहमती हेरेर तत्कालबाट लागु हुने गरी नाका खुला गरिएको स्रोतले जनायो । राजदूत दीपकुमार उपाध्यायले पनि शनिबारबाटै सबै नाका सुचारु हुने अवस्था भएपनि स्थिती पुर्ववत रुपमा सहज बन्न अरु केही दिन लाग्ने प्रतिक्रिया दिए ।

भारतबाट नेपाल सामान ढुवानी हुने मुख्य नाकाहरुमा बीरगंज, भैरवहा, बिराटनगर, काँकडभिट्टा, कञ्चनपुर आदि हुन् ।
स्रोतका अनुसार नाकाबन्दीको स्थितिबाट नेपालको आर्थिक तथा सामाजिक अवस्था कष्टपूर्ण बन्दै गएपछि र सरकार परिवर्तनको प्रकृया सुरु भएपछि आवश्यक संवादका लागि उद्यमी बिनोद चौधरी प्रधानमन्त्री शुशिल कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट ‘सहजकर्ता’ बनेर शुक्रबार दिल्ली आएका थिए ।

चौधरीले शुक्रबार र शनिबार प्रधानमन्त्री कार्यालयका बरिष्ठ पदाधिकारी, विदेश मन्त्रायका अधिकारीसहितसाग नेपाल स्थितीबारे परामर्श गरेका थिए । स्रोत इकान्तिपुर

प्रकाशित मिति: १६ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्