भोजपुरमा एक हजार सवारी साधनलाई कारवाही


 


भोजपुर, भदौ २६
भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् ।

ट्राफिक नियम विपरीत सञ्चालनमा रहेका सवारी तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन् । नियम विपरीत सञ्चालनमा रहेका दुईपाङ्गे्र र चारपाङ्ग्रे गरी एक हजार तीन सय ७७ वटालाई कारवाही गरिएको छ ।

तिनमा ५२१ ट्रयाक्टर, ४३२ मोटरसाइकल, ३००ट्रक, १५७ जीप तथा कार र ३४ बस कारवाहीमा परेको ट्राफिक प्रहरी पोष्ट भोजपुरले जनाएको छ ।

कारवाहीमा परेका अधिकांश सवारी चालकले मादकपदार्थ सेवन गरेको, क्षमताभन्दा बढी भार बोकेको, सिटबेल्ट र हेल्मेट नलगाएको र बिलबुक तथा सवारी चालक अनुमतिपत्रविना सवारी चलाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

सबै खालका साधनलाई कारवाही गरेरु वापत सात लाख ८७ हजार राजस्व सङ्कलन गरिएको बताइएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्