रूसले सुरु गर्यो अहिलेसम्मकै विशाल सैन्य अभ्यास, चीन पनि सहभागी


 


रूस, भदौ २७
रूसले अ हिलेसम्मकै विशाल सैन्य अभ्यास मंगलबारदेखि सुरु गरेको छ । रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले यसको आलोचना गरेको छ ।

उसले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी छन् ।

अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्नुहुने भएको छ ।

रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नुहुनेछ ।

यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताउनुभयो । मङ्गोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ ।

सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने बिषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । रासस÷एएफपी

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्