सुन प्रतितोला ५८ हजार रुपैयाँ माथि, कति छ वास्तविक मूल्य ?


 


काठमाडौं, भदौ २७
बजारमा आज सुनको मूल्य तोलामा थप तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार रुपैयाँ माथि पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य बढ्दै गर्दा चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय १५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्