डिभी यसरी भर्नुस है (भिडियो सहित)


 


भोजपुर, असोज १८

पेट्रोलको लाईन बस्न छोडेर यतिबेला विभिन्न साइबर तथा कन्सल्ट्यान्सीमा EDV चिठ्ठा भर्ने लाइन लागिरहेका छन् । बिशेष गरी यसबारेमा ज्ञान नहुनुले यसरी लाइन लागेर फारम भर्ने गरिएको छ ।

हामी तपाईँलाई घरमै बसेर EDV भर्ने तरिका सिकाउँदैछौँ । यो भिडियो हेर्दै आँफैले सजिलै EDV फारम भर्न सक्नुहुनेछ ।

डिभी १४ गतेबाट खुलेको हो भने कार्तिक १७ गते बन्द हुने काठमाडौं स्थित अमेरिकी दूताबासले जनाएको छ । डिभी चिट्ठामा आवेदनका लागि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

डिभी चिट्ठामा आवेदन अनलाइनमार्फत भर्नुपर्नेछ । यसका लागि तोकिएको अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सकिनेछ ।

भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्

डिभी खुल्यो, यसरी फारम भर्नुहोला

प्रकाशित मिति: १८ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्