जेल तोडेर दर्जनौं कैदी फरार, ट्रक पनि नियन्त्रणमा लिए


 


म्यानमार, असोज १
म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु जेल तोडेर फरार भएका छन् ।

कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् ।

कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरुले सोही ट्रक लिएर फरार भएका अधिकारीहरुले बताएका छन् ।

कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरु भागेको जानकारी दिनुभयो । तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।

आक्रमण भएको जेलमा झण्डै दुई हजार कैदीहरु रहेका छन् । रासस–एएफपी

प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्