चित्रबहादुरको खुलासाः तराई अलग्याउने मिसन पुरा नहुँदा मधेसी दलले कालो दिवस भन्दै धम्क्याए


 


काठमाडौँ, असोज २

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानभित्र भएका केही असहमतिका विषय हुँदा हुँदै पनि ऐतिहासिक संविधान दिवस मनाउनुपर्ने बताएका छन् । राजपा र संघीय समाजवादी फोरमको उद्देश्य पूरा नभएकाले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउन लागेको तर्क केसीले गरेका छन् ।

तराईलाई हिमाल र पहाडबाट अलग्याएर सिक्किम बनाउने चाहना र लक्ष्य पूरा नभएकाले दुईवटा दलले अझै पनि संविधान स्विकार गर्न नसकेको केसीको आरोप छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले भने, ‘अंगिकृत नागरिकलाई बंशजको बनाउनुपर्ने, तराईलाई भित्री मधेशलाई हिमाल पहाडबाट टुक्र्याउनुपर्ने, यस्तो जुन चाहना छ त्यो पूरा नभएकाले उहाँहरुले धम्क्याउने, बार्गेनिङ गर्ने गरिरहनुभएको छ।’

मधेशका सबै जनता देशको सार्वभौमिकता र राष्ट्रियताको विरोधी नभएको भन्दै केसीले केही व्यक्तिको स्वार्थ पूरा नभएको संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेको आरोप लगाए ।

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्