काठमाडौंमै युवतीमाथि सामूहिक बलात्कार


 


काठमाडौँ, असोज २

काठमाडौंमा २१ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका – ९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका – ८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका – ७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा लगेर सामूहिक बलात्कार गरेको जनाइएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्