सुनचाँदीको मूल्य फेरि बढ्यो, कति पुग्यो ?


 


काठमाडौं, असोज ३
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य उकालो लागेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय २० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्