कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, असोज ४
बजारमा आज सुनको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय २५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्