सुनचाँदीको मूल्य फेरि घट्यो, कतिमा झर्यो आज ?


 


काठमाडौं, असोज ५
बजारमा आज फेरि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज तीन सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार एक सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्