देशभर पेट्रोलियम पदार्थको हाहाकार



काठमाडौं, असोज ५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारी–साधनलाई तोकिएको कोटामात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनलाई शुक्रबार पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो ।

निगमकाअनुसार मोटरसाइकल र स्कुटरलाई एकपटकमा बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ । हलुका सवारी–साधन, कार र भ्यानलगायतलाई एकपटकमा बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ ।

निगमले डिजेलबाट सन्चालन हुने मध्यम तथा छोटो दूरीका सवारी–साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी–साधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ ।

एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारी–साधनलगायत अत्यावश्यक सवारी–साधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न एसोसिएसनलाई अनुरोध गरिएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिए ।

ट्यांकर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ ।

शुक्रबार पनि काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द छन् । इन्धन भर्नका लागि पेट्रोलपम्पमा लामो लाइन लागेको छ । इन्धनको अभाव हुँदा उपत्यकाका सडकमा तुलानात्मकरुपमा केही कम सवारी–साधन सन्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News