तान्जिनिया डुङ्गा दुर्घटना, २०७ को मृत्यु


 


नैरोबी, केन्या, असोज ७
तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको जानकारी गराएको हो ।

यसअघि शुक्रबार दिएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको र घटनाबारे थप अपडेट गराउँदै जाने बताउनुभएको थियो ।

यद्यपि केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका उहाँले बताउनुभयो ।

शनिबार दिउसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएका बताउनुभएको थियो ।

एमभि नाइरेरे नामक डुङ्गाले २०० जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो ।

डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान रहेको छ । रासस÷एएफपी

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्