खुसीको खबर ! अब शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने


 


काठमाडौं, असोज ७

सरकारले शैक्षिक प्रमापत्र धितो राखेर ऋण दिने व्यवस्था लागू गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो नयाँ व्यवस्था आजदेखि नै लागू भएको छ । मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएपछि सरकारको यो महत्वकांक्षी योजनाले मुर्त रुप पाएको हो ।

आइतबार एक सूचना प्रकाशित गरी यसबारे जानकारी दिएको हो । राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिई ऋण लिन पाइनेछ । दुई प्रकारबाट प्रमाणपत्र धितो राखेर ऋण लिन सकिने मन्त्रालयले जनाएको छ ।

शिक्षित यूवा स्वरोजगार कर्जाबाट ऋण लिन शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राख्नुपर्नेछ । यसका लागि स्नातक पास अनिवार्य गरिएको छ । यसमार्फत ऋण लिन स्नातक तह उत्तीर्ण गर्नुपर्नेछ भने युवाको उमेर ४० वर्षभन्दा कम हुनु पर्नेछ ।

विदेशबाट शैक्षिक योग्यता लिएर आएका युवाहरुले पनि ऋणका लागि आवेदन दिन सक्नेछन् । जसका लागि शिक्षित युवाहरुले प्रमाणपत्र नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ ।

उच्च र र प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रमाणपत्रबाट पनि ऋण लिन सकिन्छ । यसअन्तर्गत माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिनको लागि आवेदन दिन पाउँछन् । यो कर्जा उच्च शिक्षा अध्ययनका लागि दिइनेछ ।

प्राविधिक शिक्षा कर्जा लिनका लागि भने विपन्न, लक्षित वर्गको सिफारिस पनि चाहिन्छ । यस्यो प्रकारको ऋण लिन शैक्षिक युवाहरुले आवेदन दिएको २१ दिनभित्र आफू अनुकूल कर्जा प्राप्त गर्नेछन् ।

यसका लागि सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने बताइएको छ । मन्त्रालयले दुई प्रकारको कर्जाको व्यवस्था गरेको छ । जसमा शिक्षित युवा स्वरोजगार कर्जामार्फत ७ लाख रुपैयाँसम्म ऋण लिन पाइनेछ भने उच्च शिक्षा अध्ययन कर्जाबाट ५ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्