दशैँका लागि सर्वसाधरणले नयाँ नोट २१ गतेदेखी पाउने



काठमाण्डौँ, असोज १०

नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट असोज १२ गते शुक्रबारबाट बजारमा पठाउने भएको छ । १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई वितरण गरिनेछ भने २१ गतेदेखि सर्वसाधारणलाई दिइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाइनेछ । एकजनाले २७ हजारसम्म साट्न पाउनेछन् । काठमाडौंको हकमा सर्वसाधारणले थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न पाउनेछन् ।

अन्य जिल्लाका सर्वसाधरणले भने नजिकैको बैँकबाट नयाँ नोट साट्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News