सुत्केरीलाई पोषण भत्ता



कञ्चनपुर,असोज ३०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ । ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा पोषणको कमीले विभिन्न सङ्क्रामक रोग देखा पर्न थालेपछि पोषिलो खानेकुरा खानका लागि सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

सुत्केरीलाई फलफूल, दूध, दही, माछा मासु, गेडागुडी उपभोग गराई स्वस्थ बनाउनका लागि ‘शुरक्षित मातृत्व पोषण कार्यक्रम’ अन्र्तगत एक पटकका लागि रु एक हजार २०० पोषण भत्ता उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । साउन महिनादेखि असोजको हालसम्म पाँच महिलालाई पोषण वापतको भत्ताको रकम उपलब्ध गराइएको छ ।

सुत्केरी भएको ३० दिनभित्र शिशुको जन्म भएको अस्पताल वा स्वास्थ्य चौकीको प्रमाणसहित वडा कार्यालयमा नाम दर्ता गराएपछि मात्रै पाइने सो भत्ता लिन शिशु स्वास्थ्य चौकीमा जन्मिएको हुनुपर्ने, चार पटक स्वास्थ्य चौकीमा गर्भ जाँच गराउनुपर्नेे र स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै शिशुको जन्म भए महिला स्वयंसेविका र जनप्रतिनिधिको सिफारिस चाहिने नियम बनाइएको छ । दुई सन्तान जन्माउने आमालाई मात्रै भत्ता वापतको रकम दिइने अध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News