मानसिक तनाव हटाउन अदुवा चिया खानुहोस् !


 


काठमाडौँ, मंसिर २७

अदुवा चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ । महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

अदुवाको चियामा कागती मिसाएर पिउदा शरीरको वजनसमेत कम हुन्छ । यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ । अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्