एक दिन किन सर्यो काँग्रेस महासमिति बैठक ?


 


काठमाण्डौँ, मंसिर २७

नेपाली कांग्रेसको महासमिति बैठक एक दिन सरेको छ । पार्टी केन्द्रीय समिति बैठकमा पेस भएको विधान मस्यौदालगायत दस्तावेजमा सहमति नजुटेपछि कांग्रेसले महासमिति बैठक सारेको हो ।

भोलीदेखि गर्ने भनिएको महासमिति बैठक शनिबार मात्रै गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यद्यपि कांग्रेसले भने यसलाई घुमाउरो शैलीमा बैठक नसरे जस्तो तालिका सार्वजनिक गरेको छ ।

यसअघि मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमिति बैठक गर्ने कांग्रेसको निर्णय थियो । तर बैठकको आपौचारिक सुरुवात २९ गतेदेखि मात्रै हुने भएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्