चीनले एक हजार मेट्रिक टन बढी तेल केरुङ नाकाबाट पठाउँदै


 


china nepalकाठमाडौं, कार्तिक ७

भारतले पेट्रोलियम पदार्थमा अघोषित रुपमा नाकाबन्दी गरेपछि चीनले एक हजारभन्दा बढी मेट्रिक टन तेल पठाउन लागेको छ । चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन तेल केरुँग नाकाबाट मंगलवार नेपाल पठाउने तयारी गरिरहेको वाणिज्य आपूर्ति मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यस विषयमा सम्झौता गर्न अइतबार  अर्थ मन्त्रालय ,वाणिज्य आपूर्ति र परराष्ट्र मन्त्रालयको एक सरकारी टोली चीन जान लागेको छ । सत्ता साझेदार दल एनेकपा माओवादी को अगुवाइमा चीनबाट पेट्रोलियम लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भइसकेको छ ।

भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका चिनियाँ र नेपाली अधिकारीको प्रयासमा केही दिनअघि खोलिएको थियो । नाका खुलेकै दिन फेरि पहिरोले बन्द भएको केरुङ नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्