चीनसँग इन्धन सम्झाैता गर्दे नेपाल


 


काठमाडाैंchina nepal

चीनबाट इन्ध्नन ल्याउनका अागि अाैपचारिक सम्झाैता गर्नेगरि नेपाली टोली अाज चीन प्रस्थान गरेको छ। चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको नेतृत्वमा ८ सदस्यीय टोली केहीबेरमा त्रिभुवन विमानस्थलबाट चीनतर्फ प्रस्थान गर्दैछ।

थाइ एयरलायन्सको जहाजबाट बैंकक ट्रान्जिट भएर टोली अाजै चीन पुग्ने बताइएको छ। टोलीमा परराष्ट्र मन्त्रालय र बाणिज्य तथा अापूर्ति मन्त्रालयका सहसचिव र नेपाल अायल निगमका अधिकारी सहभागी छन्।

टोलीले चीनबाट व्यावसायिक रूपमै इन्धन अपूर्ती गर्न सम्झाैता गर्नेछ। यसअघि परराष्ट्र मन्त्रालयले इन्धन अापूर्तीका लागि चीनलाइ अाैपचारिक चिठी पठाएको थियो।

प्रकाशित मिति: ९ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्