कति पु्ग्यो सुनको भाउ ?


 


काठमाडौं, कार्तिक ११

बुधवार सुनको मूल्य एक तोलामै २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ प्रतितोला ५१ हजार २ सय रुपैयाँमा कायम भएको छ।
यस अघि मङ्गलबार  सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै  चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बृद्धि भएको छ। यस अघि मङ्गलबार  प्रतितोला ७ सय २० रुपैयाँ रहेको चाँदीको भाउ आज बुधवार  ७ सय २५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: ११ कार्तिक २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्