ओली सरकारले इटहरी–बिराटनगर ३० अर्ब लगानीमा ३० किलोमिटर मोनोरेल रेलमार्ग बन्ने निर्माणको अन्तीम तयारी


 


सुनसरी । सरकारले केरुङ काठमाडौँ रेलमार्गका कसरी लगानी जुटाउने भनेर चिन्ता गरिरहेको बेला बिराटनगर–इटहरी मोनोरेल निर्माणका लागि बजेट जुटेको दावी गरिएको छ ।

सो आयोजनाका लागि रु ३० अर्ब बराबरको लगानी जुटेको आयोजनाबाट तर्फबाट दिइएको जानकारीमा उल्लेख छ ।
बिराट मोनोरेल इन्टरनेशनलका प्रबन्ध निर्देशक काजीमान आत्रेयले आफूहरुको परियोजनाका लागि लगानी करिब करिब जुटेको दावी गरेका छन् ।

मोनोरेल निर्माणका लागि हामीले करिब करिब लगानी जुटाएका छौ । अब त्यसलाइृ आवश्यक प्रक्रिया मिलाउर निर्माण समेत थाल्ने तयारी गरेका छौ ।
उनले मोनोरेल निर्माणका लागि अजयकुमार सत्याललाई उपाध्यक्षमा नियुक्त गरेको समेत बताए ।

उनका अनुसार रेल निर्माणका लागि भारतीय र जापानाी लगानी भित्रिएको दावी गरे । तर कुन शर्तमा , कसरी लगानी भित्रियो भन्ने बारेमा उनले केही बताउन चाहेनन् ।

सबै कुरा समय आएपछि थाहा पाइहाल्नु हुन्छ नी अहिले यत्ति मात्रै बुझ्नुस लगानी करिब करिब जुटेको छ । अब हामी निर्माण थाल्छौ ।
मोनोरेलमा विदेशी लगानी भित्र्याउने सम्बन्धमा प्रारम्भिक चरणको समझदारी पत्रमा हस्ताक्षर समेत भैसकेको उनले जानकारी दिए ।

कम्पनीले जापानी प्रविधीको मोनोरेलको निर्माण गर्नेछ । कम्पनीमा नव नियुक्त उपाध्यक्ष सत्यालले ७० प्रतिशत विदेशी लगानी ३० प्रतिशत स्वदेशी लगानीमा आगामी ३ वर्षभित्र मोनोरेलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बिराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति जनाइसकेका छन् ।

मोनोरेलमा १ नम्बर प्रदेश सरकार र सो क्षेत्र भित्र पर्ने स्थानीय तहरुहरुले समेत लगानीका लागि इच्छा देखाएका छन् ।

कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गर्ने जनाएको छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० बर्ष्भित्र लगानी उठाई सक्नेछ ।

मोनोरेलको एक तर्फी भाडा दर रु ५० प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ ।

त्यसमा भारतका रमेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए ।

सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्नेछ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

बिराट मोनोरेल इन्टरनेशनल प्रालीले नै नेपालमा नयाँ मोनोरेल चलाएर देखाउने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्