सप्तरीमा तस्कर समूहको आक्रमणबाट प्रहरी चौकीका इन्चार्ज कुटिए



सप्तरी । सप्तरी तस्कर समूहको आक्रमणबाट नेपाल प्रहरीका असई कुटिएका छन् ।

जिल्लाको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजा नजिक कपडा तस्कर समूहले आज बिहान करिब ४ बजे नेपाल प्रहरी टोलीमाथि आक्रमण गरेको थियो ।

स्रोतका अनुसार सीमा स्तम्भ नम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले हातपात गरेको हो।

त्यसैक्रममा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादव कुटिएका हुन् ।

तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको स्थानीयको आरोप छ।

घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साथै घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको बताइएको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्