उपसभामुख तुम्बाहाङ्फेद्वारा दृष्टिविहीनलाई न्यानो कपडा वितरण



मोरङ,उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले मोरङमा दृष्टिविहीनलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

नेत्रहीन संघ मोरङले १७ औं साधारणसभा तथा प्रथम बेललिपी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ३८ जना दृष्टिविहीनलाई ज्याकेट, स्वेटरलगायतका न्यानो कपडा वितरण गरिएको हो । विभिन्न संघ संस्था तथा व्यक्तिहरुले न्यानो कपडा सहयोग गरेका थिए ।

कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले अपांगता भएकाहरुमाथि हुने विभेद र अप्ठ्याराहरुलाई कानुनीरुपमै समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक, राष्ट्रिय अपांग महासंघका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेकपा बेलबारी संयोजक पर्शुराम सुवेदी, इरान राई, महिला प्रतिभा संघका सकुन्तला सुवेदीलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News