प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै


 


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार समसामयिक राजनीतिक परिस्थिति र सरकारका काम कारवाहीका बारेमा उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल काँग्रेसले संसदको हिउँदे अधिवेशन प्रारम्भ भएका दिन सरकारमाथि राखेका केही प्रश्नहरुको समेत जवाफ दिने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद अधिवेशन सुरु भएका दिन प्रमुख प्रतिपक्ष काँग्रेसले सरकारले शान्ति सुरक्षा दिन नसकेको, निर्मला पन्त बलात्कार र हत्यामा संलग्नको पहिचान तथा कारवाही गर्न नसकेको, नेपाल वायुसेवा निगमको जहाज खरिदमा अनियमितता गरेको लगायतका आरोप लगाएको थियो ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्