पथरीमा क–कस्ले काङ्ग्रेस छाडे ? मन्त्री ढकालले गरे स्वागत



मोरङ, पुस २८

नेपाली कांग्रेसका क्रियाशिल सदस्यसहित एक दर्जन कार्यकर्ता पथरीशनिश्चरे नगरबाट नेपाली कांग्रेस परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

पथरीशनिश्चरे–२, का नेपाली कांग्रेसका सह संयोजक पूर्व वडा सभापती खडानन्द न्यौपाने नेकपामा प्रवेश गर्नुभएको हो । नव प्रवेशी न्यौपानेले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडासदस्यको उमेदवारी दिएका थिए । उनले पार्टीको पूर्व सभापती ५ पटक नेतृत्व गरेका थिए ।

न्यौपानेका अनुसार क्षेत्र नं. ३ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उमेदवार दिएका सुनिल शर्मा आएपछि आफुले नेपाली कांग्रेस परित्याग गरेको बताएका छन् । पार्टीमा काम नगर्नेलाई अवसर दिएपछि पार्टी परित्याको घोषणा गरेको उनको कथन थियो ।

उनीसँगै तरुण दलका वडाअध्यक्ष गंगाप्रसाद गिरी, सुरेन मैनाली,खड्ग प्रसाद भारती,लालबहादुर सोडरी, धनबहादुर राय,नेत्र प्रसाद सञ्जेल, देवीप्रसाद सञ्जेल र राजेन्द्र गौतम नेकपामा प्रबेश गरेका छन् । उनीहरुलाई कानुन मन्त्रि भानुभक्त ढकालले अविर लगाएर नेकपामा स्वागत गरेका थिए । पथरीशनिश्चरे–१, मा रहेको नेकपाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रममा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News