यी युवती, जाे ‘४ वर्षमा ४३,२०० पटक बलात्कृत भइन’


 


मेक्सिकोमा मानव बेचबिखनकारीको चंगुलमा फसेकी एक युवतीले करिब ४ वर्षको अन्तरालमा आफ्नो ४३,२०० पटक बलात्कार भएको बताएकी छिन् ।

कार्ला जेसिन्टो नामकी ती युवतीले सीएनएनमार्फत चेतनाका लागि भन्दै आफूमाथी भएको बलात्कार बारे खुलासा गरेकी हुन् ।

कार्लाले आफ्नो पहिलो पटक ५ वर्षको उमेरमा बलात्कार भएको दावी गरेकी छिन् । उनले अन्तरवार्तामा भनेकी छिन्, ‘म गैर-जिम्मेबार परिवारबाट हुँ ।

५ वर्षको उमेरमा नै एक आफन्तले मेरो बलात्कार गरेका थिए । १२ वर्षको उमेरमा एक सेक्स ट्र्फिकरसँग मेरो भेट भयो । उसले मसँग राम्रोसँग कुरा गर्‍यो र मलाई कारमा राखेर लिएर गयो ।’

अगाडि कार्लाले भनिन्, ‘मेक्सिकोमा एक सबवे स्टेशनको नजिकै एक व्यक्ति म सामू आयो र मसँग कुरा गर्न लाग्यो । उसले आफूलाई पुरानो कारहरूको बिक्रेता रहेको बताइरहेको थियो ।

कुरै -कुरामा उसले आफू पनि पटक-पटक यौन शोषणको शिकार भएको बतायो । मलाई ऊप्रति सहानुभूती जाग्यो र हामीले आफ्नो फोन नम्बर एक्सचेन्ज गर्यौ ।

उसले मलाई लामो यात्रामा जानका लागि भन्यो । हामी रातो रंगको फायरबर्ड ट्रान्स एम कारमा थियौ । उसको कार देख्दा मलाई विश्वासै लागेन । म ऊसँग निकै प्रभावित भए । उसले आफ्नो घर पनि देखाएको थियो ।’

कार्लाले आफूलाई फसाउने व्यक्तिको उमेर २२ वर्षको भएको बताइन् । उनी तीन महिनासम्म उसैको साथमा रहिन्, जसका क्रममा उसले निकै राम्रो व्यवहार पनि गरेको उनको भनाई छ ।

उनले भनिन्, ‘उसले मलाई प्रेम गर्थ्यो र मेरो लागि कपडा जुत्ता, चकलेट र फूल ल्याउने गर्थ्यो । उसले मलाई राम्रो हेरचाह गर्थ्यो । सबै कुरा राम्रै थियो ।’

कार्लाले भनिन्, ‘उसको एक आफन्ती भाई हरेक कोठामा फरक-फरक केटीहरू लिएर आउँथ्यो । मैले एक दिन उसको व्यापारका बारेमा सोधेकी थिए । उसले आफू दलाल भएको बतायो ।

केही दिनपछि उसले मलाई आफ्नो व्यापारको बारेमा बतायो । मलाई ग्राहकसँग के गर्नुपर्छ र कति पैसा लिनु पर्छ । म पहिलो पटक ग्वालाजारामा ग्राहकसामू गए ।

हामी त्यहाँ एक हप्तासम्म रोकियौ । म बिहान १० बजे देखि आधा रातसम्म ग्राहकसँग बस्थे । हरेक मेरो साथमा २० पुरूष सुत्ने गर्थे । केही मानिस ममाथि हास्ने गर्थे । किनकी म रूने गर्थे ।’

कार्लाले वेश्यावृत्तीका लागि उनलाई विभिन्न शहर, होटेलमा पठाइएको बताइन् । केही दिनसम्म वेश्याका रूपमा पठाएएपछि उनलाई हरेक दिन ३० मानिससँग शारीरिक सम्बन्ध राख्नका लागि जबरजस्ति गरिन्थ्यो ।

उनीसँग सातामा सात दिन नै यो काम गराइन्थ्यो । यस क्रममा उनलाई कुटपिट समेत गरिएको उनले बताएकी छिन् । यस क्रममा उनको उमेर १३ वर्ष थियो ।

२००८ मा एक एन्टी-ट्राफिकिङ अपरेशनमा त्यस ठाऊँबाट निकालियो । उनी यस बेला १६ वर्षकी थिइन् । कार्ला अहिले २३ वर्षकी भईन् र मानव बेचबिखनका विरूद्धमा काम गरिरहेकी छिन् । एजेन्सी

प्रकाशित मिति: २ मंसिर २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्