युवासंघको नगरस्तरिय आयोजक कमिटि गठन


 


youthभोजपुर, मंसिर ५
एमाले भातृसंगठन युवासंघको भोजपुर नगरपालिका स्तरिय आयोजक कमिटि गठन भएको छ । शनिबार एक भव्य कार्यक्रमकाबिच रमेश राईको संयोजकत्वमा गठन भएको समिति २२ सदस्यिय रहेको छ ।

युवा भेलाबाट आयोजक कमिटि सचिवमा सबिन ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भुपाल श्रेष्ठ, बमबहादुर भुजेल, सुजन श्रेष्ठ, उदास राई, विपीन राई, ज्ञानदिप राई, कमल मंग्राती, अर्जुन पहाडी, नारायण नेपाल, कमल तामाङ रहेका छन् ।

youth 1अन्य सदस्यहरुमा शम्भु तामाङ, बालकृष्ण तामाङ, विमल थापा, सुरज शाक्य, सुजन श्रेष्ठ, शंकर कार्की, सुमन राई, रविन प्रधान, रमन राई र मनोज कार्की रहेका छन् । यो गठन भएको कमिटिले थप आयोजक सदस्य थप्ने जनाइएको छ ।

एमाले पार्टी कार्यालयमा भएको कार्यक्रमकको एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले बैकल्पिक केन्द्रिय सदस्य हरिबहादुर राई, जिल्ला पार्टी सचिव शरण कुमार राई, युवा नेता ध्रुव राई, युवा संघ केन्द्रिय सदस्य राजन राई, अखिल केन्द्रिय सदस्य विमला थापा, अन्य जनवर्गिय संगठनका नेताको उपस्थिति थियो भने उनिहरुले मन्तव्य समेत राखेका थिए ।

भेलामा नगरपालिका आसपासका एक सय बढी युवाहरुको सहभागिता थियो । कमिटिमा चयन भएका युवाहरूलाइ पद तथा गाेपनियताकाे सपथ समेत खुवाइएकाे युवा संघले जनाएकाे छ ।

youth 2

प्रकाशित मिति: ५ मंसिर २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्