साकेन्वा भब्य रुपमा सम्पन्न



1भाेजपुर, मंसिर ८

किराँत राईहरुको सास्कृतीक पर्ब यलेदुङ ५०७५ उधाैली मंसिरे साकेन्वा पर्ब सानोदुम्माको तल्लो साकेवा थानमा सोमबार भव्य रूपले सम्पन्न भएको छ । किराँत राईहरुको प्रमुख चाडको रुपमा मनाईने किराँत सांस्कृतीक पर्ब बर्षको दुई पटक उधाैली मंसिर र उभाैली बैशाखमा मनाईने गरिन्छ ।

2आदिम किराँत ऐतिहासिकताको धरोहरहरु किराँती देबी देवताहरुको शक्ती सत्यता र आस्थाको आधरशिलाहरु मानिने उक्त साकेवा थानहरुमा बिधीपुर्बक शुद्धजल, उधाैली उभाैली समयको फूल, धुप अबिर गाजल साथै बलिभोग (कुखुरा,सुगुर) ले फरक फरक किराँती मुद्युमी बिधीहरु बाट पुजा गरेर सांस्कृतीक नृत्य साकेला/साकेन्वा नाँचेर मनाईने गरिन्छ । सानोदुम्मामा रहेको दुइ वटा साकेवा थानहरु मध्येको यो तल्लो साकेन्वा मंसिरको पहिलो सोमबार र बैशाखको पहिलो सोमबार मनाईने गरिन्छ, भने माथ्लो साकेवा मंसिरे पुर्णिमा पछिको सोमबार मनाउने गरिन्छ ।

आफ्नो संस्कृति बचाई राख्नमा अग्र जातीमा रहेका किराँत राईहरुका गाँउबस्तीमा माैलिक संस्कृतीहरु आजिबन रहेका छन् ।कार्यक्रममा टाढा–टाढाबाट साकेवा दर्शनार्थीहरुकाे उपस्थिति रहेको थियो ।

3कार्यक्रममा झापा, मोरङ सुनसरी धनकुटा लगायत ठाउँबाट उपस्थित भएका पाहुनाहरूबिच साकेला नाचेर सामुहिक भोजभतेर गरी सम्पन्न भयको थियाे । हिन्दु पर्ब दशैको बहिस्कार संगै किराँत संस्कृती पर्ब माैलाएको एक उदाहरणिय गाँउ हो सानोदुम्मा को लुभुवा ।

यस गाँउमा राई जातीको मात्र बसोबास रहेको छ । सानो गाँउ सानो समाज भए पनि आफ्नो किराँत संस्कृतिप्रति सभ्य मानिएको यो गाँउमा दशै पर्बको बहिस्कार गरिएको तीन दशक बितिसकेको यस गाउँका अग्रजहरु बताउँछन् ।

दशै पर्ब नमनाए पनि दशैको बेला पाँच दिन सामाजिक कामहरुमा जुट्ने चलन रहेको छ । यो गाँउबाट पुर्ब पश्चिम उत्तर दक्षिण सबै दिशातिर गोरेटो बाटोहरु मर्मत गर्ने,साकेवा थानहरुमा सरसफाई वाल पर्खालहरु लाउने दशैपर्बको सामाजिक सामुहिक कार्यहरु हुने गरेका छन् ।

बिशेसगरी उधाैली मंसिरेलाइ किराँती दशैपर्बको रुपमा हर्षोल्लासका साथ मनाउने गरिएको छ । यसरी नै यस बर्ष २०७२ येलेदुङ ५०७५ को उधाैली पर्ब भब्यताका साथ सम्पन्न भएको छ साथै सानोदुङमाको माथ्लो साकेवा यहि आउदो मंसिर १४ गते सोमबार भब्य कार्यक्रमका साथ मनाईने भएकाे छ ।

4

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News