भाेजपुरमा न्यायिक संवाद कार्यक्रम


 


भोजपुर, मंसिर ११

शुुक्रबार भोजपुर सदरमुकाममा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालत भोजपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

IMG_9154कार्यक्रममा अदालतको क्षेत्र, संरचना, कार्यविधिका बारेमा जिल्ला न्यायधिश मेदिनी प्रसाद पाैडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । न्यायधिश पाैडेलले भोजपुर जिल्ला अदालको बारेमा कार्यक्रमका सहभागीलाई प्रकाश पारेका थिए ।

विद्याेदय उच्च माविका विद्यार्थीहरूका बिच भएकाे कार्यक्रममा जिल्ला अदालतले गरेका सुधार तथा सरोकारवालाहरुसँग अदालतले प्रदान गरेको सेवाको बारेमा छलफल समेत भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले अदालतले प्रदान गर्ने सेवाका बारेमा प्रश्न साेधेका थिए ।

IMG_9162कार्यक्रममा विद्यार्थी, शिक्षक।  प्रहरी, प्रशासन, बुद्धिजिवी, पत्रकारहरूकाे उपस्थिति थियाे । अदालतकाे तेस्राे पञ्चबर्षिय रणनीतिक याेजना अन्तरगतका कार्यक्रम मध्ये याे एउटा कार्यक्रम भएकाे अदालतका सेस्तेदार मणिराम पाेखरेलले जानारी दिए । याे कार्यक्रम जिल्लाकाे अन्यत्र पनि अदालतले गर्ने उनले जनाए ।

प्रकाशित मिति: ११ मंसिर २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्