कर्णालीको तीन खम्वे विकास नीतिमा चीनको तीन चासो, फास्ट ट्रयाकदेखि एयरलाइन्ससम्म


 


सुर्खेत माघ १४
हिल्सा-फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय विमान स्थल निर्माण कर्णाली प्रदेश सरकारका गौरव योजना हुन् । भौगलिक कठिनाईलाई अन्त्य गर्न र कर्णालीको सुन्दरता विश्वमाँझ ल्याउन कर्णाली एयरलाइन्स चलाउने अर्काे महत्वकाँक्षी योजना हो । यी तीन योजनामा चीनले चासो देखाएको छ । फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय विमान स्थल निर्माणमा चीको रेलवे कम्पनीले हवाई र स्थलगत सर्वे गरिरहेको छ ।

काठमाडौं । कर्णालीको विकासमा अन्तर्राष्ट्रिय दात्रृ निकाय र नीजि क्षेत्रसँग साभेदारी गर्ने प्रदेश सरकारको औपचारिक निर्णयपछि चीन सरकारले तीन क्षेत्रमा मुख्य चासो देखाएका छ । कर्णाली प्रदेश सरकारले विकासमा साझेदारी गर्न नीजि क्षेत्र, र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो । प्रदेश सरकारको आग्रहपछि चीन सरकारले मुख्य चासो देखाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

कर्णाली प्रदेश सरकारले तीन खम्वे विकास नीति लिएको छ । सरकार, नीजि क्षेत्र र अन्तर्राष्ट्रिय समुदाय । नीजि क्षेत्रले धेरै चासो नदेखाएपनि चीन सरकारको मुख्य चासोमा कर्णाली परेको छ । प्रदेश सरकारले जुमना-सुर्खेत-हिल्सा फास्ट ट्रयाकलाई प्रदेश गौरवको योजना बनाएको छ । आफ्नो नीति तथा कार्यक्रममा गौरवको योजना बनाएको जमुना सुर्खेत हिल्सा फास्ट ट्रयाकमा चीनियाँ कम्पनीले चासो देखाउँदै हवाइ र स्थलगत सर्वे गरिरहेको छ । कार्तिक अन्तिम साता हवाई सर्वे गरेको चिनियाँ रेलवे कम्पनीले अहिले स्थलगत सर्वे गरिरहेको छ ।

देशको सवैभन्दा बढि विमानस्थल भएको प्रदेश कर्णाली हो । १० मध्ये ७ जिल्लामा विमानस्थल छन् । विमानस्थलहरुको सुधार र अन्तर्राष्ट्रिय विमान स्थल निर्माण कर्णाली प्रदेशको दोस्रो गौरव योजना हो । कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि चिनिया कम्पनीले चासो देखाएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने क्षेत्रको सम्भाब्यता अध्ययन पनि गरिसकेका छन् । कर्णाली क्षेत्रमा पर्याप्त विमानस्थल भएपनि जोखिमपूर्ण रहेका छन् । विमानस्थल सुधारमा प्रदेश सरकारले बजेट विनियोजित गरी पुर्ननिर्माण थालिसकेको छ ।

प्राकृतिक स्रोत साधनले भरपूर्ण भएपनि भौगलिक विकटताका कारण कर्णाली प्रदेश विकासमा पछि परेको छ । भौगलिक कठिनाइकै कारण कर्णालीको सुन्दरता विश्वमाझ आउन सकेको छैन । यसैलाई मध्यनजर गरी कर्णाली प्रदेश सरकारले एयरलाइन्स चलाउने तेस्रो योजना सार्वजनिक गरेको थियो । एयरलाइन्स चलाउने कर्णाली प्रदेश सरकारको योजनामा चीन सरकारले चासो देखएको छ । कर्णाली एयरलाइन्स चलाउने तयारी गरेपछि चीन सरकारले विमान दिने प्रतिबद्धता गरेको छ । तर एयरलाइन्स कसरी सञ्चालन गर्ने भन्ने बिषयमा भने प्रदेश सरकारले निर्णय लिइसकेको छैन ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्