नबिकेर फर्काएको सामान फेरी ल्याऊँदा फेरी कर,सर्वसाधारणलाई करको मार (भिडियो सहित)


 


धनकुटा चार ढिँडी खोर्सानी, एकमाना वेसार वा दुईमाना गुन्द्रुक मात्र बिक्री गर्न आँउदा नै किन नहोस । स्थानीय सरकारले अनिवार्य कर तिर्नुपर्ने व्यवस्था गरेपछि पाँचथर जिल्लाको ग्रामिण क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन ।

करेसाबारीमा उब्जाइएको रायो साग अनि मुलाको गुन्दुक बेचेर नुन र तेल किनेर फर्किने योजना बनाएर बजार पुगेका कृषकहरु प्रत्येक उत्पादन विक्रिमा कर तिरिरहेका छन् । पाँचथरको कुम्मायक गाँउ पालिकाबाट सुँगुरका पाठा बिक्री गर्न यासोक बजार पुगेका स्थानीयले सुगुरका पाठाको २५ रुपैंयाका दरले कर तिरेका छन ।

खुर्सानी, साग, र गुन्द्रुक मात्रै नभएर डालो, नाङलो र डोको सहितका र कृषि उपकरण विक्रीका लागि लिइने करको दर पनि उच्च छ । थप हेर्नुहोस भिडियोमा

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्