भोजपुरका थप तीन गाविस खुलादिसामुक्त


 


Odf-Nagi Vdcभोजपुर, मंसिर २५
भोजपुरका थप तीन गाविस खुलादिसामुक्त घोषणा भएका छन् । शुक्रबार जिल्लाको पश्चिमी नागी गाविस खुलादिसामुक्त भएको हो ।

गाविसका दुई सय ४८ घरधुरीमा स्थानीयवासीले सुधारिएको शौचालय निर्माण गरेसँगै गाविसलाई एक भव्य कार्यक्रमकाबिच खुलादिसामुक्त क्षेत्र घोषणा गरिएको हो । गाविसलाई भोजपुरका जिल्ला न्यायधिश मेदिनी प्रसाद पौडेलले स्थानीयवासीलाई सपथ गराएसँगै गाविस खुलादिसामुक्त क्षेत्र घोषणा भएको हो ।

गाविसमा सुधारिएको शौचालय निर्माणका लागि नागी गाविसले आर्थिक सहयोग गरेको गाविसका अध्यक्ष÷सचिव भिमराज सेजुवालले बताए । यो गाविस खुलादिसामुक्त क्षेत्र घोषणा भएसँगै जिल्लाको ३३ गाविस खुलादिसामुक्त भएका छन् ।

यसैबिच बालंखा र वासिङथर्पु गाविस पनि खुलादिसामुक्त क्षेत्र घोषणा भएका छन् । सरकारले सन् २०१७ भित्र नेपाललाई खुलादिसामुक्त क्षेत्र घोषणा गर्ने रणनीतिक योजना बनाएसँगै भोजपुरलाई सन् २०१५ भित्र खुलादिसामुक्त जिल्ला बनाउने रणनीतिक योजना बनाएको थियो ।

तर देशको प्रतिकुल अवस्थाका कारण निर्धारित समयमा खुलादिसामुक्त जिल्ला घोषणाको मिति सरेको छ । आगामी चैत्र मसान्तभित्र जिल्लालाई खुलादिसामुक्त घोषणा गर्ने रणनीतिक योजना बनेको जिल्ला स्तरिय खानेपानी सरसफाई तथा समन्वय समिति भोजपुरका सदस्य सचिव रामपुकार साफीले बताए ।

प्रकाशित मिति: २५ मंसिर २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्