वाह गोकर्ण विष्ट ! मोरङका श्रवण–लक्ष्मीको प्रेम देखेर तलबबाट रु २० हजार सहयोग


 


मोरङ, फागुन ३

बर्तमान सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मोरङको बुढीगंगा गाउँपालिका– २ मा दयानिय अवस्थामा बसोबास गरिरहेका एक दम्पतीलाई २० हजार रुपैया सहयोग गरेका छन् ।

अनलाइन खबर डटकममा कष्टकर रुपमा बसीरहेका श्रवण र लक्ष्मी मण्डलको प्रेम कथा पढेपछि मन्त्री बिष्टले २० हजार सहयोग गरेका हुन् । सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा थोत्रो त्रिपाल मुनी कष्टकर जीवन यापन गरिरहेका श्रवण र लक्ष्मीको प्रेम कथा पढेर प्रभावित भएको बताउदै मन्त्री बिष्टले भने ‘उहाहरुको बारेमा पढ्दा मन छोयो, मेरो कर्तब्य सम्झीएर तलबबाट कटाएर सहयोग गरे ।’ मन्त्रीले उपलब्ध गराएको रकम अनलाइन खबरकर्मी हरि अधिकारीले हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्त्रणपछि मन्त्री बिष्ट र श्रवणबिच छाटो टेलिफोन सम्बाद पनि भएको थियो । टेलिफोन सम्बादमा मन्त्रीसँग श्रवणले आफ्नो दुःख बिसाए । ‘यहा नहरमा बस्दा कतिबेला उठाउछन् टुंगो छैन् ।’ मन्त्री बिष्टलाई श्रवणले भने ‘ यसो ३ धुर जति जमिन भए ओत लाग्ने छाप्रो बनाउथे ।’ श्रवणले नहरको ढिलमा गाडेको दुईवटा बासको टेको आफ्नै जमिनमा सार्ने इच्छा मन्त्रीसँग जाहेर गरे ।

श्रवण र लक्ष्मी प्रेमबाट प्रभावित भएको बताएका बिष्टले व्यक्तीगत रुपमा सक्ने सहयोग गरेको बताउँदै घरकालागि स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्