लोकगायकको काँधमा कांग्रेसको बन्दुक, ओली प्रधानमन्त्री की यमराज ?


 


पशुपति शर्माले कांग्रेस, विवेकसिल साझा पार्टीलाई मात्र मसाल दिएका छैनन्, अमेरिकी दूतावासमा डिनर गरेर सरकारबिरुद्ध हेडलाइन बनाउने कथित केही मिडियाका सम्पादकलाई खोल विनाको खुकुरी दिएका छन् । भेनेजुएला र गोविन्द केसीको हतियारमा धार मेटिएपछि उनीहरु दिक्दारीमा पुगेका थिए । तर पशुपतिको उपहार नाङगो खुकुरी पाएपछि फेरी औलो रोगमाबाट ब्यूझिएझै ओछ्यानबाट उठेका छन् ।

काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवन कथामा आधारित ‘द एक्सिडेन्टल प्राइमिनिस्टर’ फिल्म रिरिज हुँदा अभिनेता अनुपम खेरमाथि राजनीतिक र सामाजिक बृत्तिबाट निकै ठूलो विवाद झिकियो । सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप मात्र चलेन विवाद अदालतसम्म पुग्यो । अन्तः विवाद अदालतमा पुगेपछि सुपरहिट हुने आँकलन गरिएको फिल्म लगभग फल्प भयो ।

भारतीय कांग्रेसमा गान्धी परिवारको राज, मनमोहनको सरकारमा सोनिया गान्धीको दख्खलबाजी जस्ता बिषय फिल्ममा समेटिएको थियो । आसन्न निर्वाचनकै बेला गान्धी परिवारको राजनीतिक रवैया र चरित्र समेटको फिल्म प्रर्दशनमा आउँदा कांग्रेसहरु आक्रोसित बनेका थिए । तर अदालतले फिल्म रोक्नु पर्ने कुनै कारण देखेन । सामाजिक सञ्जालका असन्तुष्टीहरुलाई खारेज गरिदियो । अदालतले सामाजिक सञ्जालको आक्रोस र कहानीमा परक पायो र फिल्ममाथि प्रतिबन्ध लाग्न सक्ने खतरा टर्याे ।

‘द एक्सिडेन्टल प्राइमिनिस्टर’ जस्तै ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरुदेशमा पाइदैन नेपालमै हो छुट’ गीत विवादमा परेको छ । भ्रष्टाचारमाथी तिखो प्रहार गरिएको गीत सार्वजनिक भएको २४ घण्टामै अति लोकप्रिय बन्यो भने राजनीतिक क्षेत्रमा चर्चाको बिषय बन्यो । चर्चित लोकगायक पशुपति शर्माले निर्माण गरेको ‘लुट्न सके लुट कान्छा’ गीतका शब्दहरु सत्य र र तथ्य परक थिए ? उनले भनेजस्तै राष्ट्रपतिका लागि अर्बाै रकमको हेलिकप्टर खरिद भएको छ ? देश त सुन्दर हो तर देशको बागडोर समालेका केपी ओली यमराज हुन् ? ठुला–ठुला भ्रष्टाचारका काण्डहरु मच्चिएका छन् । खाली खुट्टा हिड्ने राजनीतिक नेतृत्व आलिशान महल र भड्किलो जीवन शैलीमा बाँचिहरको छन् तर उनीहरुलाई भ्रष्टाचारी भन्ने प्रमाण कुन अदालतले पशुपति शर्मालाई दियो ?

चर्चित लोकगायक पशुपति शर्माले निर्माण गरेको ‘लुट्न सके लुट कान्छा’ गीतका शब्दहरु सत्य र र तथ्य परक थिए ? उनले भनेजस्तै राष्ट्रपतिका लागि अर्बाै रकमको हेलिकप्टर खरिद भएको छ ? देश त सुन्दर हो तर देशको बागडोर समालेका केपी ओली यमराज हुन् ? ठुला–ठुला भ्रष्टाचारका काण्डहरु मच्चिएका छन् । खाली खुट्टा हिड्ने राजनीतिक नेतृत्व आलिशान महल र भड्किलो जीवन शैलीमा बाँचिहरको छन् तर उनीहरुलाई भ्रष्टाचारी भन्ने प्रमाण कुन अदालतले पशुपति शर्मालाई दियो ?

वाइडबडी विमानमा चार बर्षभन्दा बढि भ्रष्टाचार भएको प्रारम्भीक तथ्य छ । तर भ्रष्टाचार कस्ले गरयो ? एमराजको संज्ञा पाएका केपी ओलीले ? ओलीलाई भ्रष्टाचारको अन्तिम प्रमाण सर्वाेच्च अदातलले दिइसक्यो ? गीतको शब्द छनोटमा गम्भिर गल्ती भएकै हो । गल्तीलाई आत्मसाथ गर्दै पशुपतिले यूट्यूवबाट गीत फिर्ता लिइसकेका छन् । तर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने तहमा पुगेको कांग्रेसका लागि पशुपति शर्मा मसला बनेका छन् । कांग्रेस र सरकार विरोधी समुहले पशुपतिको काँधमा बन्दुक राखेर सिंहदरवारमा निसाना लगाउन खोज्दैछन् । तर उनीहरुलाई थाहा छैन पशुपतिको बारुद्ध नै ओस्सि सकेको छ ।

पशुपति शर्माले कांग्रेस, विवेकसिल साझा पार्टीलाई मात्र मसाल दिएका छैनन्, अमेरिकी दूतावासमा डिनर गरेर सरकारबिरुद्ध हेडलाइन बनाउने कथित केही मिडियाका सम्पादकलाई खोल विनाको खुकुरी दिएका छन् । भेनेजुएला र गोविन्द केसीको हतियारमा धार मेटिएपछि उनीहरु दिक्दारीमा पुगेका थिए । तर पशुपतिको उपहार नाङगो खुकुरी पाएपछि फेरी औलो रोगमाबाट ब्यूझिएझै ओछ्यानबाट उठेका छन् ।

पछिल्लो समय भ्रष्टाचारका ठूला–ठूला घटना बाहिर आएका छन् । नेपाल आयल निगमका महाप्रवन्धक गोपाल खड्काले ओली सरकारमा भ्रष्टाचार गरेका होइनन्, बरु ओली सरकारका पालामा उनी कारवाहीका दायरामा आएका हुन् । सिक्टा सिंचाइ आयोजनामा अर्बाैं भ्रष्टाचार गर्ने बिक्रम पाण्डेलाई प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न लगाएका होइनन् । उनलाई पनि कारवाहीको दायरमा ल्याइएको छ । कर फर्छेयोट आयोगका अध्यक्ष चुडामणि शर्माको भ्रष्टाचार मुद्दा पनि अदालतमा विचाराधिन छ । एनसेल प्रकरण, सुन तस्करीमा गलत फैसला दिन न्यायाधीशहरु कारवाहीको दायरामा आएका छन् ।

भ्रष्टाचारका बिरुद्धमा सरकारलाई सजग बनाउनु नागरिक कर्तब्य हो । पशुपति शर्माको गीतले नागरिक सजगताको कर्तब्य निभाएको छ । तर मूल दोषको भागेदार को हो भन्नेमा गीतका शब्दले बाटो विराएका भने पक्कै छन् । एस काठमाडौंको सहयोगमा

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्