भाेजपुरमा एक सय २२ फरार अभियुक्त प्रकाउ


 


police ofice Bhojpurभोजपुर, पुस २०
चार महिनामा जिल्ला प्रहरी कार्यालय भोजपुरले एक सय २२ जना फरार अभियुक्त प्रकाउ गरेको छ । यो प्रकाउ संख्या पूर्व क्षेत्रकै सबैभन्दा बढी हो । गत भदौ महिनाको २३ गतेबाट अभियुक्त प्रकाउ शुरु गरेको प्रहरीले पुस १४ गतेसम्म एक सय २२ जना अभियुक्त प्रकाउ गरेको छ । प्रहरीको सक्रियता बढेसँगै दिनहुँ भोजपुरमा फरार अभियुक्त प्रकाउ पर्न थालेका छन् ।

यस अघि अदालत र प्रहरीको सक्रियता नहुँदा फैसला भएका मुद्धाहरुका दोषी लामो समयदेखी प्रकाउ पर्न सकेका थिएनन् । अदालतबाट फैसला भएको ४० बर्षपछि फरार अभियुक्त धमाधम प्रकाउ पर्न थालेका छन ।

अदालतबाट फैसला भएका मुद्धाहरुको कार्यान्वयनमा ल्याउनका लागि यतिबेला जिल्ला प्रहरी कार्यलय भोजपुरले फरार अभियुक्त प्रकाउका लागि अभियान नै सञ्चालन गरेको छ । प्रकाउ परेका अभियुक्तहरु कर्तव्य ज्यान, कुटपीट, किर्ते जालसाज, बहुबिबाह, जबरजस्ती करणी, सम्बन्ध बिच्छेद, ज्यान मार्ने उद्योग लगायतका मुद्धाका दोषी रहेका छन् ।

धेरैजसो कतव्र्य ज्यानको मुद्धामा फैसला भएर फरार रहेका अभियुक्त प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आपराधिक क्रियाकलापमा संलग्न भई न्यायिक निकायबाट दोषी ठहर भएर फरार रहेका अभियुक्तहरुलाई प्रकाउ गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक राज कुमार लम्सासले बताए ।

लामो समयदेखी फरार रहेका अभियुक्त धमाधम प्रकाउ पर्न थालेपछि सर्वसाधारण खुसी भएका छन् । अदालत, स्थानीय प्रहरी प्रशासन, राजनीतिक दल र नागरिकको सहयोगका कारण पुर्व क्षेत्रमा सबैभन्दा बढी फरार अभियुक्त प्रकाउ गर्न सकिएको प्रहरी नायब उपरिक्षक लम्सालले बताए । लामो समयदेखी फरार रहेर प्रकाउ परेका अभियुक्तहरुले दुई दिन देखी ९ बर्षसम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेका छन् ।

प्रकाउ परेका अभियुक्तहरुबाट १८ लाख ६९ हजार नौ सय ३१ रुपैया जरिवाना असुल भएको छ भने दुई सय तीन बर्ष पाँच महिना २६ दिन कैद भुक्तान भएको छ । फरार अभियुक्त प्रकाउ पर्न थालेपछि फैसला कार्यान्यवयनमा सहजता आएको छ ।

फैसला भएका मुद्धाहरुको अभियुक्त प्रकाउ नपर्दा फैसला कार्यान्वयनमा असहजता सिर्जन भएको थियो । जिल्ला अदालत भोजपुरका श्रेस्तेदार मणिराम पोखरेलका अनुसार अझै तीन सय ७१ जना अभियुक्त फरार रहेका छन् ।

जसमा एक सय ६२ जना कैद लागेका, एक सय ३६ जना जरिवाना लागेका र ७३ जना जना कैद र जरिवाना दुबै लागेका अभियुक्त रहेका छन् । अझै एक हजार २९ बर्ष एक महिना छ दिन र पाँच करोड १३ लाख ७६ हजार दुई सय ८४ रुपैयाँ जरिवाना उठन बाँकी रहेको छ ।

प्रकाशित मिति: २१ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्