भोजपुरमा एक जनाको हत्या


 


भोजपुर, पुस २२
भोजपुरमा गएराती एक जनाको हत्या भएको छ । जिल्लाको उत्तरी नेपालेडाँडा गाविस– ३ मा सुनसरी जिल्लाको भरौल गाविस ३ कालाबन्जारका ३५ बर्षिय भिम गिरीलाई सोही ठाउँका ४२ बर्षिय थामबहादुर श्रेष्ठले हत्या गरेका हुन् । सुनसरीबाट उनिहरु दुबै नेपालेडाँडाका नारायण कठायतको घर निर्माणका लागि मिस्त्रीको रुपमा आएका थिए ।

मंगलबार राती ८ बजे श्रेष्ठले गिरीलाई दाउराको चिरपट र बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयलाई उधृत गर्दे प्रहरीले जनाएको छ । श्रेष्ठ मिस्त्री र गिरी श्रेष्ठको सहयोगीको रुपमा नेपालेडाँडा आएका थिए ।

मदिरा सेवन गरेर गिरीले आफूलाई दुःख दिएकोले हत्या गरेको श्रेष्ठले प्रहरीलाई बताएका छन् । गिरीले केही दिन अगाडी मदिरा सेवन गरेर श्रेष्ठको ज्वाँइको दाँत समेत झारिदिएको प्रहरीले जनाएको छ । गिरीको हत्या गरेपछि श्रेष्ठ राति नै भागेर हिडेका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले अभियुक्त प्रकाउका लागि सक्रियता बढाएसँगै श्रेष्ठ भेडेटारमा प्रकाउ परेको प्रहरी नायब उपरिक्षक राज कुमार लम्सालले बताए । अभियुक्त श्रेष्ठ राती चेवावेसीमा बास बसेको र भागेर जाँदै गर्दा भेडेटार प्रहरीले भेडेटारमा प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याउँदै गरेको लम्सालले जानकारी दिए ।

प्रकाशित मिति: २२ पुस २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्