जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्ः अध्यक्ष थापा


 


भीमदत्तनगर, २५ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा सुधार नभएसम्म जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न नसक्ने धारणा राख्नुभयो ।

उहाँले जनभावनाअनुसार काम गर्न सरकारसित आग्रह गर्दै राष्ट्र विखण्डनको विषय कदापी स्वीकार्य नहुने बताउनुभयो । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको अध्यक्ष थापाको आरोप थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्