नेता उडाउन हेलिकप्टर प्रतिस्पर्धा


 


धादिङ । राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ । पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ ।

सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन । तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टर प्रयोग गर्ने जिल्लावासीमा प्रतिस्पर्धा चलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठोरले लेखेका छन् ।

गत साउनदेखि फागुन १७ सममको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा उत्रिएका छन् । राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर १५ गते हेलिकप्टरबाट ल्याए । अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सरदमुकाममा आयोजित ल्होसार मनाउन हेलिकप्टरमै ल्याइयो ।

माघ १ गतेकै दिन सरदमुकामको खाल्टेमा गोरु जुधाउन मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकले हेलिकप्टरमै ल्याए ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्