एक शिक्षकले विद्यालयमै दलित विद्यार्थीलाई यसरी जुत्ता चटाए


 


ओखलढुंगा फागुन २७
ओखलढुंगाको खिजीकातीमा विद्यालयमै दलित बालवालिकालाई अमानविय व्यवहार गरिएको छ । खिजीदेम्बा गाउँपालिका ४ स्थित कुण्डली माविका शिक्षक सुजन सुनुवारले स–साना विद्यार्थीलाई विद्यालयमा जुत्ता चटाएर अमानविय व्यवहार गरेका हुन् ।

आईतबार प्राथमिक तहमा अध्ययानरत रिकेश नेपाली र आकाश दर्जीलाई शिक्षक सुनुवारले अर्का विद्यार्थी जोन दर्जीका जुत्ता चाट्न लगाएका थिए । विस्कुट खाने विषयमा उनिहरु बिच सामान्य विवादहुँदा जोनको विस्कुट तिमिहरुले पनि खानेभए उसका जुत्ता जिब्रोले चाट भनेर जुत्ता चाट्न लगाएको रिकेशकी आमा पम्फा नेपालीले गुनासो गरिन् ।

‘हाम्रा नानीहरुले विद्यालयमा पढ्न जाँदा जुत्ता चाट्नुपर्ने ? दलित भनेर हेपियो न्याय खोज्न कहाँ जानु ?’ पम्फाले टेलिफोनमा भनिन्,‘सभ्य र शिक्षित बनाउन छोरा–छोरी विद्यालय पठाएको यस्ता घृणीत कार्य त घरैमा बसेका भएपनि गर्दैनन् थिए होलान् ।’ उनका अनुसार शिक्षक सुनुवारले गल्ती स्विकार गरेकाछन् ।

‘सुजन सरले मेरो गल्ती भयो माफ गर्नुहोला भन्दै यो कुरा अरुलाई नभन्नु भन्नुभएको छ ।’ पम्फाले भनिन,‘छोराछोरीले पढ्न जाँदा जुत्ता चाट्नु परेको कुरा म कसरी अरुलाई नभनौं ? परिवारमा सल्लाह गरेर न्याय माग्न जान्छु ।’ शिक्षक सुनुवार विद्यालय कर्मचारी हुन् । उनले शिक्षण समेत गर्दै आएका छन् ।

विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद दाहालले भने शिक्षक सुनुवारले विद्यार्थीलाइ जिस्काउँदा यो घटना भएको बताए । जुत्ता चाट्न लगाएको नभइ विस्कुट खाने भए उसलाइ नमस्कार गर भन्दा विद्यार्थीले जुत्तामा ढोगेको तर जुत्ता नचाटेको उनले जिकिर गरे ।

कमजोरी भए कारबाही हुन्छ : वडाअध्यक्ष न्यौपाने
वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले वास्तविकता बुझेर कारबाही गर्ने आश्वासन दिएका छन् । आफुलाई पिडितले विषयका बारेमा जानकारी गराएको भन्दै अध्यक्ष न्यौपानेले दुवै पक्षलाई राखेर छलफल गराउने अमानविय व्यवहार गरेको प्रमाणीत भए दोषीलाई कारबाही गरिने बताएका हुन् ।

‘सुजन सुनुवार स्वास्थ्य र खेलकुद पढाउने शिक्षक हुन् । उनले यस्तो कार्य गरे भन्ने मलाई विश्वास त लाग्दैन । तर वास्तविकता बुझेपछि दोषी पाईए कारबाही हुन्छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका न्यौपानेले टेलिफोनमा भने,‘हामी शैक्षिक गुणस्तर सुधार र शिक्षीत समाज निर्माणको अभियानमा छौं । त्यसैले यस्ता कमजोरी यदि भएको भए मान्य हुँदैन ।’

अध्यक्ष न्यौपानेले चुनावी घोषणा–पत्रमा भेदभाव रहित सभ्य समाज निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । उनै न्यौपाने अध्यक्ष रहेको विद्यालयमा समेत बालवालिकालाई अमानविय व्यवहार भएपछि अभिभावक आक्रोशीत भएका छन् । पुर्वेली न्युजबाट

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्