राष्ट्रपति रनिङ्ग शिल्ड शुरु


 


Rastapati khelkudभोजपुर, माघ ४
छैठाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता भोजपुरमा शुरु भएको छ । विद्यालयको खेलकुद प्रतियोगीताको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड भोजपुरमा आइतबारबाट शुरु भएको हो । यहाँको दुबै निर्वाचन क्षेत्रबाट छनोट चरणको प्रतियोगीता शुरु भएको हो ।यतिबेला क्षेत्र नं १ अन्तरगत छनोट चरणका खेलकुद भइरहेका छन् ।

क्षेत्र नं १ अन्र्तगत षडानन्द उच्च मावि दिङ्लमा प्रतियोगीता शुरु भइरहेको हो । प्रतियोगीतामा १४ विद्यालयको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।

क्षेत्र नं २ अन्र्तगत सगरमाथा उच्च मावि घोरेटारमा माघ ९ गतेदेखी छनोट चरणका खेल हुँदैछन् । दुबै क्षेत्रमा छनोट चरणको प्रतियोगीता सम्पन्न भएपछि सदरमुकामको टुँडिखेलमा माघ १७ देखी १९ गतेसम्म अन्तिम चरणको प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका कार्यालय सचिव गेल्जेन शेर्पाले बताए ।

अन्तिम चरणको प्रतियोगीतामा क्षेत्रगत रुपमा प्रथम, द्धितिय र तृतिय भएका प्रतियोगीहरुले भाग लिन पाउने भएका छन् । प्रतियोगीतामा एथलेटिक्सतर्फ, हाइजम्प, लङजम्प, ज्याभलिङ्ग थ्रो, सटफुट हुनेछन् । त्यस्तै ट्रयाकतर्फ सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटर दौड रहेको छ ।

त्यस्तै सय मिटर, चार सय मिटर रिले दौड पनि रहेको खेलकुद विकास समिति भोजपुरले जनाएको छ । प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १५ हजार, १२ हजार र नौ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न विधा अन्तरगत प्रतियोगीतामा प्रथम हुनेले क्षेत्रमा क्षेत्रिय खेल खेल्न मौका पाउने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष सुमन राईले बताए ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वधान, राष्ट्रिय खेलकुद परिषदको संयोकत्व, जिल्ला खेलकुद विकास समितको आयोजनामा देशभर छैठौं राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगीता भइरहेको छ । पहिले यो प्रतियोगीतालाई विरेन्द्र रनिङ्ग शिल्ड प्रतियोगीता भनिने गरिन्थ्यो ।

प्रकाशित मिति: ४ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्