पेट्रोलियम पदार्थको मूल्य घट्यो


 


petrolकाठमाडाैं, माघ ५

नेपाल आयल निगमले सोमबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मटितेलका साथै हवाइ इन्धनको मूल्य घटाएको हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागेपछि आयल निगमले मूल्य समायोजनको निर्णय गरेको हो ।

घटेकाे मूल्य अनुसार पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ घट्दा ९९ रुपैयाँ कायम भएको छ । यसअघि १०४ रुपैयाँ थियो । यसैगरी डिजेल र मटितेलको मुल्य ६ रुपैयाँ मूल्य घटेको छ र लिटरको ७५ रुपैयाँमा आइपुगेको छ ।

हवाइ इन्धनको मूल्य ९८ रुपैयाँ घटेको छ । २३२ बाट घटेर १६४ रुपैयाँ कायम गरिएको छ । नाकाबन्दीका कारण एयर लिफ्ट गरेर ल्याएका कारण मूल्य बढाइएको थियो । एपीजी ग्यासको मूल्य भने पुरानै कायमै छ । यसमा २४२ रुपैयाा घाटा रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्